डडेल्धुरा: डडेल्धुराको भित्रीमधेशमा पर्ने आलिताल गाउँपालिकामा क्याम्पस स्थापनाका लागि आर्थिक संकलन गरिन थालिएको छ। आलितालमा क्याम्पस स्थापनाका लागि गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित १८ व्यक्तिले आर्थिक सहयोगको घोषणा गरेका छन्।
आलिताल बहुमुखी क्याम्पस सञ्चालक समितिले आयोजना गरेको आमभेलामा उपस्थित गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहितले करिब ७ लाख रकम बचनदान गरेका हुन्। गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले १ लाख १ हजार १ सय ११ रुपैयाँ र पालिका उपाध्यक्ष मैनाकुमारी रावलले १ लाख ११ हजार १ सय ११ रुपैयाँ दिने बाचा गरेका छन्।
वडा नम्बर ८ का अध्यक्ष धनबहादुर देउवनले ५१ हजार २ सय ५५ रुपैयाँ, वडा नम्बर ५ का अध्यक्ष डम्मरबहादुर ढाँटले २५ हजार २ सय ५५ रुपैपाँ सहयोग गर्ने भएका छन्। यस्तै, वडा नम्बर ३ का अध्यक्ष बलबहादुर बूढामगरले ३० हजार ३ सय ३३ रुपैयाँ र वडा नम्बर १ का अध्यक्ष यज्ञबहादुर देउवाले २५ हजार १ सय १ रुपैयाँ सहयोग गर्ने बचनबद्धता गरे।
यसैगरी वडा नम्बर ३ का पूर्वअध्यक्ष लोकेश महराले ५१ हजार १ सय ११ रुपैयाँ र वडा नम्बर ५ का पूर्वअध्यक्ष प्रकाश बोहरा, क्याम्पस सञ्चालन समितिका अध्यक्ष कृष्णदत्त जोशी, कार्यपालिका सदस्य रमेश कामी र नेपाली कांग्रेसका नेता शिव शोबले समान २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने जनाएका छन्।
क्याम्पस स्थापनाका लागिसंविधानसभा सदस्य हरिलाल थापा मगरले ५१ हजार १ सय ५ रुपैयाँ र समाजसेवी तथा पूर्वशिक्षक पदमबहादुर डालामगरले ३५ हजार १ सय ५५ रुपैयाँ आर्थिक सहयोग गर्ने भएका छन्।
यसैगरी वडा नम्बर ८ का वडासदस्य गणेश कुँवर, वडा नम्बर ३ का वडासदस्य मानबहादुर महरा, समाजसेवी शर्मानन्द जोशीले समान २५ हजार २ सय ५५ रुपैयाँ सहयोग गर्ने जनाएका छन्। आलितालका समाजसेवी सुरेश रावलले २५ हजार १ सय ५५ सहयोग गर्ने बचनबद्धता गरे।
आलितालमा क्याम्पस स्थापना गर्न क्याम्पस सञ्चालन समिति गठन भई दर्ता प्रक्रिया अघि बढिसकेको छ। क्याम्पस सञ्चालन समितिका अध्यक्ष कृष्णदत्त जोशीले आलितालमा क्याम्पसको अभियानमा सबैलाई सहयोग गर्न आग्रह समेत गरे।