डडेल्धुरा: नेकपा (माओवादी केन्द्र) अमरगढी नगर कमिटी अध्यक्ष यादवप्रसाद ओझाले पार्टी परित्यागको घोषणा गरेका छन्।
मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले लामो समयदेखि सक्रिय सदस्य हुँदै नगरकमिटी अध्यक्षको रूपमा काम गरिरहेको पार्टी छाडेको घोषणा गरेका हुन्।
अध्यक्ष ओझाले विविध व्यक्तिगत कारणवश माओवादी केन्द्रको नगरकमिटी अध्यक्ष पदबाट र पार्टी साधारण सदस्यसमेत नरहने गरी मंगलबारदेखि नै पार्टी परित्याग गरेको विज्ञप्तिमार्फत् जनाएका छन्।
‘मैले पार्टीको सदस्यको रूपमा पार्टी हितमा आफ्नो भूमिकालाई सक्रियता पुर्वक अगाडि बढाई संगठनलाई जनतासँग एकाकार गराएर लैजाने आफ्नो क्षमताले भ्याएसम्म इमान्दार प्रयास गरेँ। प्रतिकूल परिस्थितिमा समेत पार्टी सगंठनलाई अमरगढी नगरपालिका सबै वडामा स्थापित गराउन सक्दो प्रयास गरेको कुरा जानकारी नै छ,’ उनले प्रेस विज्ञप्तिमार्फत् भनेका छन्, ‘सगंठन सचांलन क्रममा एकअर्कालाई दोषारोपण गर्ने प्रचलन विपरित हामीले आफ्नो कमीकमजोरी स्विकार्ने र जसअपजसको भागेदारीको पनि हिस्सेदार बन्नु पर्ने कुरा मैले ठानेको छु।’
उनले पार्टी र पदमा रहँदा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।
प्रेस विज्ञप्ति :