Radio Unity 92.2MHz

डडेल्धुरामा राहदानीको अनलाइन फारम निःशुल्क भर्ने व्यवस्था

डडेल्धुरा: जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा राहदानी (पासपोर्ट) प्राप्तिका लागि अनलाइन आवेदन फारम निःशुल्क भर्ने व्यवस्था गरिएको छ। बुधबार प्रशासन कार्यालयले एक सूचना जारी गर्दै फारम निःशुल्क भर्ने व्यवस्था गरिएको जानकारी दिएको हो।

बुधबारदेखि सेवाग्राहीलाई बिना झमेला सहज तरिकाले राहदानी उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयका कर्मचारीले अनलाइन फारम भरिदिने प्रमुख जिल्ला अधिकारी अञ्चन न्यौपानेले जानकारी दिए।

‘हाम्रो कार्यालयबाट प्रवाह हुने राहदानी सेवाका लागि आवश्यक पर्ने आवेदन अनलाइन फारम भर्न नजान्ने सेवाग्राहीहरूका लागि राहदानी शाखाबाट निःशुल्क रूपमा भरिदिने व्यवस्था मिलाएका छौँ,’ प्रजिअ न्यौपानेले भने, ‘अब सेवाग्राहीहरूले बाहिर पैसा तिरेर भर्न पर्दैन हाम्रै कर्मचारीले भरिदिनु हुन्छ।’

यसअघि अनलाइन आवेदन फारम भर्न सेवाग्राहीहरूले दुईदेखि तीन सय रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता रहेको थियो। जिल्ला प्रशासन कार्यालयले निःशुल्क फारम भर्ने व्यवस्था मिलाएका कारण सेवाग्राहीलाई राहत मिल्ने भएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...