Radio Unity 92.2MHz

बझाङ केन्द्रबिन्दु बनाएर फेरि गयो भूकम्प

डडेल्धुरा: सुदूरपश्चिममा भूकम्प धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्र सुर्खेतकाअनुसार शनिबार बिहान ११ बजेर ४५ मिनेटमा बझाङको भातेखोला केन्द्रबिन्दु बनाएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो।

बझाङमा यही असोज १६ गते गएको भूकम्पपछि परकम्प जाने क्रम जारी छ। १६ गते दिउँसो २:४० मा ५.३ र ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो।

उक्त भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन्। जिल्लाका व्यक्तिगत घर र सार्वजनिक भवनहरूमा क्षति भएको छ। १६ गतेको भूकम्पपछि लगातार पराकम्प गइरहेका छन्।

सम्बन्धित पाेष्टहरु
Loading...