डडेल्धुराः नेकपा (माओवादी केन्द्र) अमरगढी नगर कमिटी अध्यक्षमा तुलाराम सार्की चयन भएका छन्। शनिबार सम्पन्न अमरगढी नगर कमिटीको भेलाले सार्कीलाई अध्यक्षमा चयन गरेको जिल्ला संयोजक उमेशप्रसाद भट्ट ‘विकास’ले जानकारी दिए।
तत्कालीन अध्यक्ष यादवप्रसाद ओझाले पार्टी परित्याग गरेपछि सार्कीलाई नगर अध्यक्ष चुनिएको हो। अध्यक्ष सार्कीले पार्टी हितमा आफ्नो भूमिकालाई सक्रियता पुर्वक अघि बढाई संगठनलाई जनतासँग एकाकार गराएर लैजाने बताए। उनी लामो समयदेखि माओवादी केन्द्रमा क्रियाशील रहेका छन्।