Radio Unity 92.2MHz

स्याउले र भात्काँडा क्षेत्रमा बजार अनुगमन

डडेल्धुरा: चाडपर्व नजिकिएसँगै डडेल्धुरामा संयुक्त बजार अनुगमनलाई तीव्रता दिइएको छ। नेपालीहरूका महान् चाड दशैँ–तिहार नजिकिएसँगै शनिबार अमरगढी नगरपालिका–१ को स्याउले बजार र गन्यापधुरा गाउँपालिका–१ भात्काँडा बजारमा संयुक्त अनुगम गरिएको हो ।

जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग, आन्तरिक राजस्व कार्यालय, उद्योग वाणिज्य संघ, नेपाल प्रहरी तथा पत्रकारसहितको संयुक्त टोलीले स्याउले र भात्काँडा क्षेत्रका पसलहरूमा अनुगमन गरेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख केशवसिंह भण्डारीले जानकारी दिए।

उनका अनुसार उक्त क्षेत्रका करिब २२ वटा व्यवसायिक फर्मको अनुगमन गरिएको हो। बजार क्षेत्रमा म्याद नाघेका केही मसला, चियापति, स्याम्पु, चोखोपाइलगायतका समान बरामद गरिएको छ। बरामद गरिएको समान एकमुष्ट रूपमा सरोकारवालालाई बालाएर नष्ट गरिने बताइएको छ।

सदरमुकाम क्षेत्रमा विगत वर्षको तुलनाम केही कम भएपनि अझैं गाउँघरतिरका पसलमा म्याद नाघेका समानहरू पाइने गरेकाले बजार अनुगमन निरन्तरता दिइएको कार्यालयका प्रमुख भण्डारीले बताए।

यसअघि संयुक्त बजार अनुगमन टोलीले बुधबार बगरकोट रोड, बिहीबार बागबजार र शुक्रबार तुफानडाँडा क्षेत्रमा अनुगमन गरेको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...