Radio Unity 92.2MHz

धनगढीबाट जोगबुढाका लागि छुटेको बस दुर्घटना

धनगढी : धनगढीबाट डडेल्धुरा जान लागेको बस दुर्घटना भएको छ। आज (सोमबार) बिहान ११ बजे धनगढीबाट जोगबुढाका लागि छुटेको बस शिवपुरी यातायातको ना ४ ख ९५५४ नम्बरको बस गोदावरीमा दुर्घटना भएको हो।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार जोगबुढाका हरिश भट्टराईले चलाएको सो बस अनियन्त्रित भएर सडकको नालीमा पल्टिएपछि दुर्घटना भएको हो। दुर्घटनामा तीनजना घाइते भएका छन्।

घाइते हुनेमा आलितालकी सपना ओली, जोगबुढाका धनसिंह बोहरा र जोगबुढाकै सपना बम रहेका छन्। अहिले उनीहरुको पदमा अस्पतालमा उपचार भैरहेको छ भने चालक प्रहरीको नियन्त्रणमा छन्।

सम्बन्धित पाेष्टहरु
Loading...