Radio Unity 92.2MHz

डडेल्धुरामा एक पुरुष मृत फेला

डडेल्धुरा: डडेल्धुरामा एक पुरुष मृत फेला परेका छन्। मृत फेला पर्नेमा जिल्लाको गन्यापधुरा गाँउपालिका–२ बस्ने अन्दाजी ३८ वर्षीय गणेशबहादुर मल्ल रहेका छन्।

उनी बडाल जाने बाटो आमबारीमा लडेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी कुसुमबहादुर नायकले जानकारी दिए। उनका अनुसार मृतक मल्लको मुखबाट रगत बगेको थियो।

थाइराइडका बिरामी रहेका मृतक मल्लकी श्रीमती भारतमा र छोरीहरु कैलालीमा रहेको बताइएको छ। मृतकको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक नायकले बताए।

सम्बन्धित पाेष्टहरु
Loading...