Radio Unity 92.2MHz

डडेल्धुराको प्रसिद्ध गंगेश्वर धाममा ‘गंगास्नान मेला’ असोज २७ गते लाग्ने

डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिका–६ सिम दोगडामा अवस्थित गंगेश्वर देवताको जाँत (गंगास्नान) मेला यहीँ असोज २७ गते लाग्ने भएको छ। गंगेश्वर धाममा लाग्ने स्थानयी भाषामा गंगानान भनेर चिनिने मेला असोज २७ को राति लाग्ने भएको हो।

दशैंको पूर्वसन्ध्या तथा पितृ बिसर्जन औंसीको राति रतेडि र घटस्थापनाको बिहान दिउसेडी मेला लाग्ने गंगेश्वर मन्दिरका पुजारी प्रेमराज पन्तले बताए। डोटेली नदी र सोर्नया नदीको मिलन हुने स्थल (दोभान)मा रहेको गंगेश्वर मन्दिरको धाममा मेला लाग्ने उनले बताए।

मेलामा अजयमेरु गाँउपालिकाको राजुलगाँउ, भण्डारीगाँउ, भागेश्वर गाउँपालिकाको बोगटागाँउ र मेलौली नगरपालिकाको कोटीगाँउबाट देउरा जाने गर्दछन्। गंगेश्वर मन्दिरको धाममा लाग्ने गंगास्नान मेला वर्षको दुईचोटि लाग्ने गर्दछ। असोज औंसीको राति र पुस महिनाको अन्तिम दिन ठूलो मेला लाग्ने गर्दछ।

गंगेश्वर धाममा वर्षको तिनचोटि मंक्रर संक्रान्ति, नयाँ वर्षको पहिलो दिन र श्रीपञ्चमीको दिनसमेत पूजाआजा हुने गरेको गगेश्वर देवताका पुजारी पन्तले बताए। मेलामा टाढा टाढाबाट दर्शनार्थीहरूसमेत आउने गरेको उनको भनाइ छ। गंगेश्वर देवताको दर्शन र मन्दिर नजिकै रहेको दोभानमा स्नान गरेमा मनले चिताएको पुग्ने धार्मिक जनविश्वास रहेको छ।

सम्बन्धित पाेष्टहरु
Loading...