डडेल्धुराको आलितालमा अटो दुर्घटना: दुई जना घाइते ✍️ खबर संवाददाता प्रकाशित मिति : २०८० कार्तिक ३, शुक्रबार १२:३७ डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकामा अटो दुर्घटना भएको छ। आलिताल ८ को पालिका जाने सडकमा सुपप्र ०२००१ ह १७४० नम्बरको अटो दुर्घटना भएको हो। दुर्घटनामा परि २ जना घाइते भएको प्रहरीले जनाएको छ। घटनाको थप विवरण भने आउन बाँकी छ।