Radio Unity 92.2MHz

इजरायलमा मारिएका सुदूरपश्चिमका ४ जनाको शव आजै धनगढी ल्याइने

डडेल्धुरा: आज इजरायलमा मारिएकामध्ये ४ जनाको शव आइतबार काठमाडौँ आइपुग्दैछ। इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू शनिवार नेपाल पठाइएको हो।

पहिलो चरणमा सुदूरपश्चिम घर भएका नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्ट र आशिष चौधरी शव आउदैछ। गाजास्थित हमास समूहको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। बाँकी ६ नेपालीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको दूतावासले जनाएको छ।

शव लिनका लागि आइतबार बिहान ९ बजे परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थल जाने कार्यतालिका छ। शवहरू आजै नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी ल्याइने बताइएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...