Radio Unity 92.2MHz

कस्तो छ आजको मौसम पूर्वानुमान?

डडेल्धुराः सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम बदली भएको छ । पश्चिमी वायुको प्रभावका कारण यी क्षेत्रको मौसम बदली भएको मौसमविद्ले बताएका छन् ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आज, भोलि र पर्सि पानी पर्ने सम्भावना पनि छ । यी प्रदेशमा बाली भित्र्याउने तयारी भएको भए मौसमी अवस्थाबारे जानकारी राख्न मौसमविद्को सुझाव छ ।

यस्तै, यात्रा गर्दा पनि सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । बाग्मती, कोशी, मधेस र लुम्बिनी प्रदेशको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् प्रधानाङ्गले जानकारी दिएका छन ।

सम्बन्धित पाेष्टहरु
Loading...