Radio Unity 92.2MHz

डडेल्धुराका नवीनको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल

डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिका–४ कटालका नवीन साउँदको उपचारमा आर्थिक अभाव भएको छ। त्रिवेणी बहुमुखी क्याम्पस जोगबुडामा बीएड तेस्रो सेमेस्टरका विद्यार्थी २४ वर्षीय साउँदको उपचारमा आर्थिक अभाव भएको हो।

जन्मजातदेखि नै खुट्टामा मासु पलाउने समस्यबाट उनी ग्रसित छन्। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत नवीनलाई उपचार गराउनको लागि पैसाको अभाव रहेको उनको परिवार स्रोतले जनाएको छ। उनको खुट्टको अप्रेसन गर्नुपर्ने भएकाले आर्थिक अभाव भएको हो।

गरिब परिवारका नवीन पढाइमा अब्बल र मिलन्सार व्यक्ति भएको भागेश्वर मावि कटालका शिक्षक दुर्गा पन्तले बताए। नवीन भागेश्वर मावि कटालका पूर्व विद्यार्थीसमेत हुन्।

छोराको उपचारमा लाखौं खर्च लाग्ने हुँदा उनका बुवा देवसिंह साउँदले सबैलाई आर्थिक सहयोग गरिदिन अपिल गरे। शिक्षक पन्तको अगुवाइमा ‘नवीन साउँद बचाऊ’ अभियान सञ्चालन भइरहेको छ।

नवीनलाई यसरी गर्न सकिनेछ सहयोग 

Account Name : Nabin Saud

Account No : 24401607272049000001

Nepal Bank Limited

सम्बन्धित पाेष्टहरु
Loading...