Radio Unity 92.2MHz

डडेल्धुरा जेसीजको आयोजनामा निःशुल्क दन्त शिविर, ३४ जनाले लिए सेवा

डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिका–२ बिरखमस्थित आधारभुत स्वास्थ्य केन्द्रमा निःशुल्क दन्त शिविर आयोजना गरिएको छ।

डडेल्धुरा जेसीजले जेसीज सप्ताह कार्यक्रम अन्र्तगत बुधबार आधारभुत स्वास्थ्य केन्द्र बिरखममा निःशुल्क दन्त शिविर आयोजना गरेको हो।

डडेल्धुरा जेसीजको आयोजना, शिखर डेन्टल केयरको सहयोग तथा आधारभुत स्वास्थ्य केन्द्र, बिरखमको सहकार्यमा निःशुल्क दन्त शिविर आयोजना गरिएको जेसीज वर्ष २०२३ का अध्यक्ष भोजराज अवस्थीले जानकारी दिए।

उनले निःशुल्क दन्त शिविरबाट ३४ जना दाँत तथा गीजा सम्बन्धि समस्या भएका बिरामीहरुले सेवा लिएको बताए।

सम्बन्धित पाेष्टहरु
Loading...