Radio Unity 92.2MHz

गएराति गएको भूकम्पमा परि ६५ जनाको ज्यान गएको पुष्टि

डडेल्धुराः डडेल्धुरासहित सुदूरपश्चिममा भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार जाजरकोटको लामीडाडा केन्द्र बिन्दु भएर भूकम्प आएको हो। राति ११ बजभर ४७ मिनेटमा ६ दशमलव ४ हेक्टरको भूकम्प आएको हो। भूकम्पले सुदूरपश्चिमसहित देशको केन्द्रिय राजधानी काठमाण्डौसम्म हल्लाएको थियो ।

जाजरकोट केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पमा परि ६५ जनाको ज्यान गएको पुष्टि भएको छ ।  कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले दिएको जानकारी अनुसार बिहान ४ बजेसम्म प्राप्त विवरण अनुसार जाजरकोटमा ३७ र रुकुमपश्चिममा २८ जनाको ज्यान गयो जनाको ज्यान गएको छ ।

उद्धारका रातिदेखि नै प्रहरी परिचालन भएका ढकालले जानकारी दिए । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। भूकम्पमा परेर जाजरकोटको नलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि ज्यान गएको छ।भूकम्पबाट भएको अरु क्षतिको बारेमा विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । भूकम्पबाट धेरै घर भत्किएको अनुमान छ ।

सम्बन्धित पाेष्टहरु
Loading...