Radio Unity 92.2MHz

सद्भाव बिगार्ने सामग्री हटाउन सरकारले माग्यो टिकटकसँग सहयोग

काठमाडौं : सरकारले चार्चित एप टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरुसँग छलफल गरेको छ। टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन सरकारले आग्रह गरेको छ।

टिकटक दुरुपयोग गरेर हालिने यस्ता सामग्रीलाई हटाएर शान्ति सुव्यवस्था र समाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरिएको गृह मन्त्रालयले जनाएको छ ।

दोषीउपर कानुन बमोजिम कारवाही गर्न नेपाल प्रहरीको साइवर व्युरो लगायत सरकारी निकाय र सिंगापुरस्थित टिकटकको कार्यालयबीच सहकार्य बढाउने सहमति पनि भएको छ।

छलफलबाट टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरु हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरु पत्ता लगाई कानूनी कारवाहीको

दायरामा ल्याउन सहज हुने भएको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

सम्बन्धित पाेष्टहरु
Loading...