Radio Unity 92.2MHz

बैतडीमा एक किशोरी मृत फेला

बैतडीः बैतडीमा एक किशोरी मृत फेला परेकी छन् । जिल्लाको मेलौली नगरपालिका २ चमागाउँकी १६ बर्षीया बिमला चन्द मृत फेला परेकी हुन् । आफ्नै घरको सुत्ने कोठामा झुण्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

बुधबार साँझ सवा पाँच बजेतिर भिमलको डोरीले घरको धुरीबलोमा उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन् । मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ ।

कक्षा १० मा अध्ययनरत बिमला मृत फेला परेपछि घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए ।

सम्बन्धित पाेष्टहरु
Loading...