डडेल्धुराः जनता समाजवादी पार्टी (जसपा) नेपालको सुदुरपश्चिम प्रदेश समिति गठन भएको छ। कैलालीको धनगढीमा बसेको प्रदेश समितिको विस्तारित बैठकले भगतराम थारुको अध्यक्षतामा ३८ सदस्यीय समिति गठन गरेको हो।
समितिको उपाध्यक्ष गोविन्द राना थारु, निर्मला रिजाल, संगम सक्सेना मुख्यसचिव राजु बम सचिवमा दलबहादुर घर्ती मगर र दिपेश तिमल्सैना जैसी छन्।
पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं सुदूरपश्चिम इन्चार्ज गोविन्द चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रदेश समितिका सह इन्चार्ज भीमबहादुर थापा, राजनीतिक समिति सदस्य मालामती रानालगायत नेता उपस्थित थिए।