Radio Unity 92.2MHz

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दुई बहिनीबाट टीका लगाए

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुई बहिनीबाट टीका ग्रहण गरेका छन्। उनले बहिनीहरू रेखा चन्द र मञ्जु शाहबाट टिका ग्रहण गरेका हुन्। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले १०ः५१ बजेलाई शुभ साइत तय गरेको थियो।

शुभ साइतमा मुख्यमन्त्री शाहले टीका ग्रहण गरेका थिए। दिदी बहिनीहरूले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाएको मुख्यमन्त्री शाहले बताए।

सम्बन्धित पाेष्टहरु
Loading...