Radio Unity 92.2MHz

छठपर्व सुरु : आज ‘नहाय–खाय’

धनगढी : सूर्य उपासनाको महापर्व छठको व्रत विधि आजदेखि सुरु भएको छ। पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन्। कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ विधि बिहीबार नै गरेका हुन्।

निरामिष सात्विक भोजन सुरु गरेर तृतीयाकै दिन व्रतको तयारी थाल्ने परम्परा छ। अहिले जताततै सूर्यदेव र षष्ठी ९छठी० देवीको महिमा गाइएका गीत गुञ्जदैछन्।

छठ प्रारम्भसँगै धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिएका छन्। पर्वमा महिला पुरुष जसले व्रत गरे पनि हुने विधान  शास्त्रीय मत भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेको पाइन्छ।

आज कात्तिक शुक्ल चौथीका दिन बर्तालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनीतो खानेछन्। यो विधिलाई ‘नहाय–खाय’ भनिन्छ।

सम्बन्धित पाेष्टहरु
Loading...