डडेल्धुरा: डडेल्धुराका नरेन्द्रप्रसाद भट्टराईको उपचारमा आर्थिक अभाव भएको छ। जिल्लाको परशुराम नगरपालिका–५ का भट्टराई न्यूरो र प्यारालाइसिसबाट ग्रसित छन्।
गरिब परिवारका भट्टराईको उपचारमा आर्थिक अभाव भएको हो। उनी हाल भारतको बरेलीस्थित राम मूर्ति स्मारक इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा उपचार गराइरहेका छन्। उनको आर्थिक अवस्था निकै कमजोर रहेको र भएको २ रोपनी जग्गा मातमा बेचेर उपचार गरिरहेको परिवार स्रोतले जनाएको छ।
दाइाको उपचारमा लाखौं खर्च लाग्ने हुँदा उनका भाइ वीरेन्द्रप्रसाद भट्टराईले सबैलाई आर्थिक सहयोग गरिदिन अपिल गरे। उनको उपचारका लागि मेची महाकाली प्रवासी समाज नेपाल भारत ट्रस्ट बैंग्लोरले ‘नरेन्द्र बचाउ अभियान’ चलाएको छ। अभियानबाट १ लाख १९ हजार ३७४ रुपैयाँ संकलन भएको छ।
यसरी गर्न सकिनेछ सहयोग
भारतमा : Phone pay, g pay or Paytam मार्फत transfer गर्न सकिनेछ।
Ram Datt Bhattrai : 9740516584
नेपालमा : Name: Ram Datt Bhattrai
Ac No 24411306763917000001
Nepal Bank limited, Jogbuda
Contact no : 9868513463