डडेल्धुरा: डडेल्धुराका एक युवक दुई महिनादेखि सम्पर्कविहीन भएका छन्। जिल्लाको अजयमेरु गाउँपालिका-२ बसानाका १८ वर्षीय सन्तोष चुनारा दुई महिनादेखि सम्पर्कविहीन भएका हुन्।
घरबाट भागेका सन्तोषले दुई महिना पहिले काठमाडौं छु भनेर घरपरिवालाई जानकारी गराएपनि त्यसयता देखि भने उनले प्रयोग गरेको फोनमा सम्पर्क हुन नसकेको उनका बुवा ठगी चुनाराले बताए।
छोराको खोजी कार्यका लागि कार्तिक २५ गते जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा निवेदनसमेत दिएको उनले बताए । उनले कसैले देखेमा नजिकैको प्रहरी कार्यालय तथा सम्पर्क नम्बर ९८४८८२६७०७ मा फोन गरी सहयोग गरिदिन उनले सबैलाई आग्रह गरे।