Radio Unity 92.2MHz

महाभारत क्षेत्रमा अवस्थित भागेश्वर मन्दिरमा आज राती (रतेडी) मेला लाग्दै

डडेल्धुराः डडेल्धुराको भागेश्वर गाँउपालिका वडा न .२  महाभारत क्षेत्रमा अवस्थित भागेश्वर मन्दिरमा आज राती (रतेडी) मेला लाग्दै छ। धुराकी जात बाट चिनिने उक्त मन्दिरमा मंसिर आज राती  (रतेडी) मेला लाग्ने भागेश्वर मन्दिरका पुजारी चन्द्र जैशीले बताए।

सुदूरपश्चिमकै प्रमुख धार्मिक स्थल रुपमा रहेको भागेश्वर मन्दिरमा वर्षको चार पटक पूजा गर्ने प्रचलन भएपनि भब्य मेला भने वर्षमा दुई पटक मेला लाग्ने गर्दछ। श्रावण शुक्ल पूर्णीमा’का दिन अर्थात् रक्षावन्धनका दिन दिउँसो र ‘कार्तिक शुक्ल चतुर्दशी अथवा वैकुण्ठ चर्त‘दशी’का दिन राती लाग्ने गर्दछ।

समुद्री सतहदेखि २००२ मिटर अग्लो महाभारत पहाडमा रहेको उक्त मन्दिर सुदूरपश्चिम क्षेत्रकै प्रसिद्ध धार्मिक क्षेत्र हो। २२ गाउँको ढुङ्गा, काठ, नगद, जिन्सीसहित मिस्त्री पनि ल्याएर डडेल्धुराको भागेश्वरको मन्दिर निर्माण गरिएको किम्बदन्ती छ।

पहिले भागेश्वर देवताकोमा २२ वटा देउरो जाने चलन भए पनि अहिले आएर ग्वानी, डुङ्गरी, सिराड, रुपाल, बगरकोट बाट मात्रै देउरो जाने गरेको छ । भागेश्वर देवताको दर्शन गर्न शुदुरपश्चिमका नौ वटै जिल्ला लगायत भारतको कमाउ गडवाल बाट पनि धर्मालम्बी आउने गर्दछन्।

भागेश्वर मन्दिर धुरामा लाग्ने मेलाको अवसरमा आज गाउँपालिकाले सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले जानकारी दिए ।

सम्बन्धित पाेष्टहरु
Loading...