Radio Unity 92.2MHz

प्रसिद्ध उग्रतारा मेला (देहिजाँत) आज

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजाँत’ आज  लाग्दैछ। हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात रतेडी र दोस्रो दिन दिउसेडी मेला लाग्ने गर्दछ।

आज दिउसेडी लाग्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ।उक्त अवसरमा जिल्लाको अमरगढी नगरपालिकाले  स्थानीय बिदा दिएको छ। छचोडा, खनमडा, दुमडा र जिलोडा भ्राण (भण्डार ) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि ‘दिउसेडी’ मेला सुरु हुन्छ।

सम्बन्धित पाेष्टहरु
Loading...