- केशव भण्डारी
डडेल्धुराः तिहार लगत्तै १५ दिन भित्र चुल्ल गाउँमा बिजुली बल्ने प्रतीवद्धता जनाएका भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौटले फेरी चुल्ल बासीलाई झुक्याएका छन्। १५ दिन बितिसक्दा पनि चुल्ल गाउँमा बिजुली बल्ने कुनै सुरसार नै देखिएको छैन ।
गाउँपालिको वडा ४ बन्चुल्ल र वडा नम्बर ५ को चुल्ल गाउँमा पोल गाडेको पनि दुई वर्षभन्दा बढी भइसकेको छ। तारहरु खिचिएको भएपनि कामको गतिले तीव्रता नपाउँदा दुई वर्षभन्दा बढी हुँदा समेत बिजुली बल्नु सकेको छैन।
यस अघि पनी चुल्लबासीले पटक पटक गाउँपालिका लाई गुहारेको भएपनि गाउँपालिका ले कहिले दशै त कहिले तिहार भन्दै टार्ने गरेको स्थानिय अनुमोल बोहराले बताए। गाउँपालिकाको केन्द्र बगरकोटबाट नजिकै रहेका उक्त गाउँहरुमा एक डेढ घण्टा हिडेर पुग्नु सकिन्छ।
भौगलिक रुपमा नजिकै रहेका उक्त गाउँहरुमा ‘गाउँपालिकाले चाहे भने दशपन्ध्र दिनमै बिजुली बाल्नु सक्छ। गाउँपालिकाले चासो नदिँदा सञ्चार सेवा तथा पढाइमा बाधा पुगिरहेको स्थानिय विद्यार्थी सरिता भट्टले बताइन्।
तर यता गाउँपालिका अध्यक्ष चटौतले समानको अभावको कारण गरेको प्रतीवद्धता अनुसार चुल्लमा गाउँमा बिजूली बाल्नू नसकिएको स्वीकार गरेका छन। काम निन्तर भईरहेकाले केही दिन भित्रै चुल्ल गाउँमा बिजूली बल्ने उनले बताए ।