Radio Unity 92.2MHz

झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राको अध्यक्ष ओलीद्वारा उद्घाटन

बैतडी: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले झुलाघाट– चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा शुरु गरेको छ । सीमा नाका बैतडीको झुलाघाटबाट यात्राको शुरुवात गरिएको हो । झुलाघाटमा बिहीबार बिहान राष्ट्रिय झण्डाको झण्डोत्तलन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले यात्राको उद्दघाटन गरेका हुन्।

पार्टी अध्यक्ष ओलीको नेतृत्वमा शुरु भएको यात्रामा एमाले केन्द्रीय कमिटिका पदाधिकारी, केन्द्रीय सदस्य, पार्टीका प्रदेशका नेताहरु लगायतको सहभागिता छ ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको उद्दघाटन गर्दै अध्यक्ष ओलीले यो अभियान सुखी नेपाली, समृद्ध नेपालको अभियान भएको दाबी गरे।झुलाघाटबाट शुरु भएको यात्रा पाँचथरको चिवाभञ्ज्याङमा समापन हुने उनले बताए ।

यात्राको क्रममा समृद्ध नेपालको निर्माणका लागि स्थानीय नागरिकहरुसंग छलफल गर्ने, मध्यपहाडी क्षेत्रको विकासका मुद्दाहरुमा बहस गर्ने लगायतका कार्यक्रमहरु रहेका छन् ।

मध्यपहाडी क्षेत्र सम्भावनाको क्षेत्र भएकाले समृद्धिको आधारशीला तय गर्न संकल्प यात्राको शुरुवात गरिएको एमालेको दाबी छ । संकल्प यात्रा तीन हप्ता सम्म सञ्चालन हुनेछ ।

सम्बन्धित पाेष्टहरु
Loading...