Radio Unity 92.2MHz

डडेल्धुराका ओमप्रकाश बने करातेको अन्तर्राष्ट्रिय प्रशिक्षक

डडेल्धुरा: डडेल्धुराका ओमप्रकाश पन्त करातेको अन्तर्राष्ट्रिय प्रशिक्षक बन्न सफल भएका छन्।

एसियन कराते महासंघले लिएको अन्तर्राष्ट्रिय प्रशिक्षकको परीक्षामा उनी पास भएका हुन्। जिल्लाको अमजमेरु गाउँपालिका–६ कानाकोटमा जन्मेका ३४ वर्षीय पन्त २०६२ सालबाट खेलकुद क्षेत्रमा सक्रिय छन्।

अजयमेरु गाउँपालिकाको खेलकुद प्रशिक्षकसमेत रहेका पन्तले अन्तर्राष्ट्रिय कोचको परीक्षा उत्तीर्ण गरेका हुन्। सानैदेखिको अन्तराष्ट्रिय कोच बन्ने सपना पूरा भएपछि उनले खुसी व्यक्त गरे।

उनले अजयमेरु गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ लगायत सहयोग गर्ने सबैलाई धन्यवाद दिए। अजयमेरु गाउँपालिका अध्यक्ष भट्टले गाउँपालिकाकै सान बढाएको भन्दै पन्तलाई बधाई तथा शुभकामना दिए। पन्तले अजयमेरु मात्र नै डडेल्धुरामै खेलकुदको क्षेत्रमा महत्वपूर्ण योग्दान गरेको अध्यक्ष भट्टको भनाइ छ।

सम्बन्धित पाेष्टहरु
Loading...