Radio Unity 92.2MHz

देशका केही ठाउँमा हिमपातको सम्भावना

काठमाडौं :  कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मंगलबार मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

सम्बन्धित पाेष्टहरु
Loading...