Radio Unity 92.2MHz

भोली देखी सञ्चालन हुने सुदूरपश्चिम महोत्सवको तयारी पूरा

धनगढी: भोली देखी सञ्चालन हुने सुदूरपश्चिम महोत्सवको तयारी पूरा भएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवको तयारी पूरा भएको हो ।

२०६३ सालदेखि आयोजना हुँदै आएको महोत्सवको यो १७ औँ संस्करण हो। भोली एक कार्यक्रमका बिच प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्सवको उद्घाटन गर्नेछन्।

महोत्सवमा कृषि, जडिबुटी, हस्तकला फर्निचर, अटोमोबाइल्स, गार्मेन्ट, इलेक्ट्रोनिकल, होटल र सूचना प्रविधि गरी ४ सयको हाराहारीमा स्टल रहेको संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।

साथै महोत्सव स्थलमा सुदूरपश्चिमका परिकारसहितका खानाका स्टल रहने व्यवस्था गरिएको उनले बताए ।महोत्सवमा थारु र रानाथारु समुदायहरुको संस्कृति जर्गेनाको लागि संग्रालयसहितको अलगै थारु गाउँ नै निर्माण गरिएको छ ।

महोत्सव अवलोकनको लागि विद्यार्थीलाई रु ५०, सर्वसाधारणलाई रु १ सय टिकट दर र फरक क्षमता भएकालाई निःशुल्क गरिएको जनाइएको छ ।

सम्बन्धित पाेष्टहरु
Loading...