Radio Unity 92.2MHz

अन्तर जिल्ला समन्वय बैठक डडेल्धुरामा सम्पन्न

डडेल्धुराः  सुदूरपश्चिमका चारओटा पहाडी जिल्लाका सुरक्षा समितिका सदस्यहरुको अन्तर जिल्ला समन्वय समिति बैठक डडेल्धुरामा सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा शुक्रबार सम्पन्न भएको बैठकमा डडेल्धुरा, बैतडी, बझाङ र डोटीका प्रमुख जिल्ला अधिकारीहरुकासाथै सुरक्षा समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

जिल्लाहरुबीच अन्तर समन्वय र सहकार्य गर्ने उद्देश्यसहित बैठक सम्पन्न गरिएको छ। बैठकमा चारओटै जिल्लाको शान्ति सुरक्षाको अवस्थाका बिषयमा छलफल भएको छ भने आगामी दिनमा समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने निर्णय भएको छ ।

यस्तै अपराध न्यूनीकरणका लागि संयुक्त रुपमा पहल गर्ने, सीमा क्षेत्रमा हुन सक्ने चोरीशिकारी नियन्त्रण गर्ने, बिषमा समेत छलफल भएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्‍जन न्यौपानेले बताए।

लागू औषध नियन्त्रणका लागि जिल्लाहरुका सीमा क्षेत्रमा संयुक्त गस्ती र अपरेशन सञ्चालन गर्नुका साथै समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाउने निर्णय भएको छ।

 

सम्बन्धित पाेष्टहरु
Loading...