Radio Unity 92.2MHz

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न

डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिकामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न गरेको छ। प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्यापी रुपमा मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान नवदुर्गा गाउँपालिकामा पनि आज सम्पन्न भएको हो ।

गाउँपालिका उपाध्यक्ष निर्मला बोगटीले पालिकामा रहेका ५ वटै वडाबाट सबै क्षेत्रमा प्रतिनिधित्व रहने गरि महिलाहरुको सहभागितामा अभियान समापन गरिएको जानकारी दिइन् ।

कार्यक्रममा कानूनी रुपमा लैङ्गिक हिंसाका विषयहरुको उठान र कानूनी प्रक्रियाबारे अधिबक्ता बिष्णुराज भट्टले सहभागीलाई जानकारी गराएका थिए ।

सम्बन्धित पाेष्टहरु
Loading...