डडेल्धुरा: डडेल्धुराका १० वर्षीय बालक विश्वास ऐरको उपचारमा आर्थिक अभाव भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका–१ ऐरोडाका पूर्ववडा सदस्य वीरबहादुर ऐरका छोरा विश्वासको उपचारमा आर्थिक अभाव भएको हो।
गरिब परिवारका ऐर ब्लड क्यान्सरबाट पीडित छन्। उनको काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ। छोराको उपचारमा लाखौं खर्च लाग्ने हुँदा उनका बुवा वीरबहादुरले सबैलाई आर्थिक सहयोग गरिदिन अपिल गरे।
‘छोरो १५ दिनदेखि कान्ति बाल अस्पतालमा उपचारतत छ। भएको पैसा सकियो अब उसको उपचार गर्न पैसा छैन,’ वीरबहादुरले भने, ‘सबैले सहयोग गरेर मेरो छोराको ज्यान बचाइदिनुहोस्।’ उनको उपचारका लागि सामाजिक सञ्जाल फेसबुकमा ‘विश्वास ऐर बचाउ’ अभियान पनि चलाइएको छ। ऐर वीरबलभद्र मावि कोटेलीमा कक्षा ६ मा अध्ययनरत थिए।
यसरी गर्न सकिनेछ सहयोग :
Prabhu Bank Limited
A/c Name : Bir Bahadur Ayer
A/c No : 1610125774300011