Radio Unity 92.2MHz

आजको मौसम : पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली

काठमाडौं  : देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने छ। अन्य भागको मौसम सामान्यतया सफा रहनेछ।

राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी भूभागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...