Radio Unity 92.2MHz

काठमाडौं महानगरपालिकाले बझाङ र बैतडीलाई एम्बुलेन्स उपलब्ध गराउने

धनगढीः काठमाडौं महानगरपालिकाले बझाङ र बैतडी जिल्लालाई एम्बुलेन्स उपलब्ध गराउने भएको छ। बझाङ जिल्लाको साईपाल गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराउने भएको हो।

महानगरपालिकाले असोज ४ गते ३५ वटा एम्बुलेन्स वितरण गर्नका लागि देशभरीका इच्छुक स्थानीय तहलाई विवरण माग गरेको थियो।

सोही सुचनाको आधारमा साईपाल गाउँपालिकाले तोकिएको मापदण्ड अनुसार विवण उपलब्ध गराई महानगरपालिका संग एम्बुलेन्स माग गरेकोले महानगरपालिकाले साईपाल गाउँपालिकालाई छनोट गर्दै एम्बुलेन्स दिने निणंय गरेको छ।

यस्तै बैतडीको सिगास गाउँपालिकालाई पनि महानगरपालिकाले एम्बुलेन्स उपलब्ध गराउने भएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...