अनुदानका लागि डडेल्धुराका ४ पालिका छनौट
डडेल्धुरा : अनुदानका लागि डडेल्धुराका ४ सहित सुदूरपश्चिमका ५८ पालिका छनौटमा परेका छन्। नवप्रर्वतन कार्यक्रम सञ्चालनका लागि अनुदान पाउन यहाँका ५८ पालिकालाई छनौट गरिएको हो।
स्थानीय तहको दीगो आर्थिक विकास प्रर्वद्धन गर्दै आर्थिक विकासका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवप्रवर्तन कार्यविधि अनुसार ससर्त अनुदान पाउन योग्य स्थानीय तहहरु छनौट गरेको छ।
मन्त्रालयले डडेल्धुराका परशुराम नगरपालिका, आलिताल गाउँपालिका,गन्यापधुरा गाउँपालिका, र नवदुर्गा गाउँपालिका लाई अनुदानका लागि छनौट गरेको छ।
देशभर ४६२ ओटा स्थानीय तह यो कार्यक्रमका लागि छनौट भएका छन् । मन्त्रालयले कैलालीका १०, कञ्चनपुरका ८, दार्चुलाका ८, बझाङका ७, अछामका ७, डोटीका ६, बैतडी, डडेल्धुरा र बाजुराका चार/ चारवटा स्थानीय तहलाई छनौट गरेको छ।
मन्त्रालयले नवप्रर्वतन कार्यविधि अनुसारका योजना सञ्चालन गरेवापत पाउने ससर्त अनुदानका लागि योग्य भएको भन्दै पालिकाहरुको सूची सार्वजनिक गरेको हो।