Radio Unity 92.2MHz

अनेरास्ववियुका विद्यार्थीले गरे आलिताल परिसरमा सरसफाइ

डडेल्धुराः नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) आलिताल गाउँ कमिटी र परशुराम नगर कमिटीका विद्यार्थीहरूले आलितालको सफाइ गरेका छन्।

आलिताल गाउँपालिका–३ मा अवस्थित ताल आलितालको बृहत् सरसफाइ अभियानअन्तर्गत तेस्रो दिन सोमबार अनेरास्ववियुका विद्यार्थीहरू पनि सफाइमा कार्यक्रम सहभागी भएका हुन्।

आलिताल गाउँपालिका र रणबम गण दह ब्यारेक डडेल्धुराको संयुक्त आयोजनामा शनिबारदेखि त्रिदिवसीय आलिताल बृहत् सरसफाइ कार्यक्रम सुरु भएको थियो। ‘हाम्रो आलिताल हाम्रो सान, पर्यटकीय विकासका लागि सामूहिक अभियान’ भन्ने मूल नारासहित बृहत् सरसफाइ कार्यक्रम आयोजना गरिएको हो।

आलितालमा चलिरहेको सरसफाइ अभियानलाई सहयोग गर्न अनेरास्ववियुको आलिताल गाउँ र परशुराम नगर कमिटीले ताल परिसरमा सरसफाइ गरेको अनेरास्ववियुका आलिताल इञ्चार्ज जगदीश धानुकले बताए। अनेरास्ववियुको टिमले ताल वरपर रहेका झाँडी सफाइ गरेको हो।

सरसफाइ कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री पठानसिंह बोहरा, राष्ट्रियसभाका पूर्व सदस्य चक्रप्रसाद स्नेहीलगायतको सहभागिता रहेको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...