Radio Unity 92.2MHz

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (मंगलबार) साँझ पाँच बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री प्रचण्डले सरकारको एक वर्षे उपलब्धिसहित राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले सरकार एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्न लागेको बताए।

तेस्रोपटक प्रधानमन्त्री भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष पूरा गरेको यो पहिलोपटक हो। यसअघिका कार्यकालमा उनले नौ/नौ महिनामात्रै सरकारको नेतृत्व गरेका थिए।

गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत दलले समर्थन गरेका थिए।

सम्बन्धित पाेष्टहरु
Loading...