Radio Unity 92.2MHz

डडेल्धुरा बहुमुखी क्याम्पसको नवनिर्मित भवन उद्घाटन

डडेल्धुरा: डडेल्धुरा बहुमुखी क्याम्पस डडेल्धुराको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। बिहीबार सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले एक समारोहका बीच भवनको उद्घाटन गरेका हुन्।

भवन उद्घाटन गर्दै मन्त्री देउवाले विगतमा ६ हजार विद्यार्थी रहेको क्याम्पसमा अहिले विद्यार्थी संख्या निकै घटेकोले क्याम्पस सुधारमा सबैले लाग्नुपर्नेमा जोड दिए।

डडेल्धुरामा बजेटको समस्या नभएर कार्यान्वयनमा समस्या रहेको उनको भनाइ थियो। आएको बजेट कार्यान्वयन गर्नका लागि सबैले सक्रियता देखाउन आवश्यकता रहेको मन्त्री देउवाले बताए।

क्याम्पस प्रमुख गंगादत्त उप्रेतीका अनुसार त्रिभुवन विश्वविद्यालयको एक करोडको लागतमा भवन निर्माण भएको हो। उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशसभा सदस्यद्वय मेघराज खड्का, सरस्वती खड्का, अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपने, क्याम्पस प्रमुख, प्राध्यापक र विद्यार्थीहरूलगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...