Radio Unity 92.2MHz

पानी नपर्दा हिउँदे बाली सुक्दै

दार्चुला :  हिउँदे वर्षा नभएपछि दार्चुलामा यस वर्ष हिउँदे बाली सुक्न थालेको छ। असोज पहिलो सातादेखि पानी नपरेपछि हिउँदे बाली सुक्न थालेको हो। खडेरीका कारण लगाइएको बालीसमेत सुक्न थालेपछि कृषक चिन्तित भएका छन्।

लामो समयसम्मको खडेरीका कारण जिल्लामै गहुँ, जौँ, उवा, केराउ, मसुरोलगायत बालीको उत्पादनमा निक्कै कमी हुने देखिएको छ। यसवर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाइएको हिउँदे बाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको शैल्यशिखर नगरपालिका–६ का किसान शिवसिंह धामीले बताए।

आकासे पानीको भरमा खेती गरिने जिल्लाका अधिकांश क्षेत्रमा पानी नपरेपछि सबैजसो अधिकांश बाली सुक्न थालेका छन्। जिल्लामा पाँच हजार नौ सय ६५ हेक्टर जमिनमा गहुँखेती गरिँदै आएकामा ३२ दशमलव सात प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा रहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चन्द्रबहादुर ठगुन्नाले बताए।

सम्बन्धित पाेष्टहरु
Loading...