Radio Unity 92.2MHz

डडेल्धुराका मिर्गौला पीडित तिलकको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका–५ भाबरका मिर्गौलापीडित तिलक विकलाई उपचारमा आर्थिक अभाव भएको छ। विगत एक वर्षदेखि दुवै मिर्गौला फेल भएपछि ३० वर्षीय विक अहिले उपचाररत छन्।

नेपाल र भारतमा उपचार गर्दा भएको सबै पैसा सकिएको र अहिले छोराको उपचारमा आर्थिक अभाव भएको तिलकका बुवा दलबहादुर विकले बताए। गरिब घरपरिवारका विक रोजगारीको सिलसिलामा विगत केही वर्षदेखि भारतमा थिए।

रोजगारी गरेर परिवारको खर्च धानिरहेका तिलकको दुवै मिर्गौला फेल भएपछि अहिले उनलाई घरपरिवारसँगै आफ्नो उपचार खर्च जुटाउन निकै धौधौ परेको छ। विकका श्रीमती, दुई छोरी र एक छोरा छन्।

तिलकले पाँच महिना जति भारतमा डायलासिस गराएका थिए। उनी अहिले धनगढीमा डायलासिस गराइरहेका छन्। उपचारमा आर्थिक समस्या आएपछि सहयोगको याचना गर्नुपरेको उनले बताए।

‘सातामा २ पटक डायलासिस गरिरहनु परेको छ। त्यसका लागि १० हजारभन्दा बढी रुपैयाँ लाग्छ। महिनामा डायलासिसमा मात्र ५० हजार बढी खर्च लाग्छ,’ तिलकका बुवा दलबहादुरले भने, ‘आफूसँग भएको सबै पैसा सकियो। अब छोरालाई बचाउन सबैसँग सहयोग माग्नुको विकल्प रहेन।’ अहिले तिलकको उपचार खर्च जुटाउनका लागि स्थानीय युवाहरूले ‘तिलक बचाऊ अभियान’ चलाइरहेका छन्।

मिर्गौलापीडित तिलकलाई यसरी गर्न सकिनेछ सहयोग :

Account Name : Tilak Bk

A/c Number : 06810017504585

भारतबाट सहयोग गर्नेहरूका लागि
google pay & phone pay : 8867051260

सम्बन्धित पाेष्टहरु
Loading...