डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकाले बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहने कर्मचारीको तलब तलब कटौती गर्ने भएको छ।
सोमबार गाउँपालिकाले एक सूचना जारी गर्दै बिदा स्वीकृत नगराई अनुमति बेगर कार्यालयमा अनुपस्थित रहेको पाइएमा कर्मचारीको तलब काट्टी गरिने जनाएको हो।
गाउँपालिका र अन्तर्गतका शाखा तथा वडा कार्यालयमा कार्यरत कर्मचारीहरूले बिदा स्वीकृत नगराई अनुमति बेगर कार्यालयमा अनुपस्थित रहेको पाइएमा अनुपस्थित रहेको अवधिको निजले पाउने पारिश्रमिक कटौती गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह ठगुन्नाले जानकारी दिए।
गाउँपालिकाले जारी गरेको सूचना–