Radio Unity 92.2MHz

डडेल्धुरामा अवैध घरेलु मदिरा नष्ट

डडेल्धुरा: डडेल्धुरामा अवैध घरेलु मदिरा नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराको टोलीले शनिबार साँझ नियन्त्रणमा लिएको एक सय ८० लिटर अवैध घरेलु आइतबार दिउँसो नष्ट गरेको हो।

शनिबार साँझ ७ बजेतिर जिल्ला सदरमुकामस्थित बगरकोट रोडमा पसल गरी बस्ने शान्ति मगर र सोही ठाउँका बलदेव जोराको पसलबाट अवैध घरेलु मदिरा बरामद गरिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी कुसुम नायकले जानकारी दिए।

उनका अनुसार शान्तिको पसलबाट १७५ लिटर र जोराको पसलबाट ५ लिटर घरेलु मदिरा बरामद गरिएको हो। आइतबार दिउँसो स्थानीय जनप्रतिनिधि र पत्रकारको रोहवर उक्त मदिरा नष्ट गरिएको इन्स्पेक्टर नायकले बताए। पछिल्लो समय प्रहरीले जिल्लाभर अवैध घरेलु मदिरा नष्ट गर्ने कार्यलाई तीव्रता दिएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...