Radio Unity 92.2MHz

सिटिजन लाइफ इन्स्योरेन्स डडेल्धुरा शाखाद्वारा मृत्यु दाबी भुक्तानी

डडेल्धुराः सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड डडेल्धुरा शाखाले मृतकको घरमै पुगेर बिमित परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ।

अमरगढी नगरपालिका–१० भण्डारीगाउँकी ५७ वर्षीया पार्वतीदेवी भण्डारीको मृत्यु भएपछि शनिबार एक कार्यक्रमका बीच बिमित परिवारलाई मृत्यु दाबी भुक्तानी उपलब्ध गराएको डडेल्धुरा शाखाका शाखा प्रमुख रामबहादुर विष्टले बताए।

उनका अनुसरा बीमा गरेको ८ महिनामा पार्वतीको निधन भएको हो। पार्वतीले एक किस्ता मात्रै बुझाएकी थिइन्। उनको बिमाङ्क रकम ७ लाख थियो।

शाखा प्रमुख विष्टले घरमै पुगेर मृतकका छोरा लोकबहादुर भण्डारीलाई सात लाख ७७ हजार तीन सयको चेक हस्तन्तरण गरेका हुन्। अभिकर्ता शिक्षक वीरेन्द्र चन्द, कर्मचारी सुनिता मल्ल, स्थानीयबासीको रहोवरमा उक्त चेक हस्तन्तरण गरिएको हो।

सम्बन्धित पाेष्टहरु
Loading...