डडेल्धुरा: समाजसेवी खडकबहादुर विष्टले आलिताल गाउँपालिका–७ खिन्नेभाडीमा रहेको महादेव माविलाई एक थान ल्यापटप सहयोग गरेका छन्। डडेल्धुराको परशुराम नगरपालिका–११ कराली घर भई हाल काठमाडौं बस्दै आएका विष्टले शुक्रबार विद्यालयलाई ल्यापटप सहयोग गरेका हुन्।
उनले शुक्रबार एक कार्यक्रमकाबीच एचपी १२ जेनेरेसनको ल्यापटप हस्तान्तरण विद्यालयका प्रधानाध्यापक दिलबहादुर पार्की र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर धामीलाई हस्तान्तरण गरे। उनले विद्यालयलाई क्याम्पस बनाउने कार्यमा आफू सहभागी हुन पाउँदा खुसी लागेको बताए।

उनले भने, ‘सानानानी बाबुहरूले उच्चशिक्षा आफ्नै गाउँ ठाउँमा पाउनु राम्रो हो। यो योजनामा मैले पनि सानो साथ दिन पाउँदा धेरै नै खुसी छु, यहाँ पढेका नानीबाबुहररूले राम्रो काम गर्न सकून्। भोलिको दिनमा राम्रोसँग पढेर देशलाई राम्रो नेतृत्व गर्न सकून्। उनीहरूले आफू जन्मेको गाउँठाउँको लागि केही गरून्।’
महादेव माविमा यसै शैक्षिकसत्रबाट कक्षा ११ को पढाइ सुरु भएको छ। ल्यापटप सहयोग गरेकोमा विद्यालयले विष्ट परिवारलाई धन्यवाद दिएको छ। साथै विद्यालयले शुक्रबार राष्ट्रिपति रनिङ शिल्डमा सहभागी विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरणसमेत गरेको शिक्षक रमेश बोहराले जानकारी दिए।
