Radio Unity 92.2MHz

टप्वा तोकियो भागेश्वर गाउँपालिकाको मुकाम

डडेल्धुरा : भारतसँग सीमा जोडिएको भागेश्वर गाउँपालिकाले सदरमुकाम टप्वा तोकियो तोकिएको छ ।गाउँपालिकाको हिउँदे अधिवेशनबाट आज बहुमत कार्यपालिका सदस्यले वडा नम्बर ५ मा रहेको टप्वालाई सदरमुकाम तोक्ने पक्षमा मतदान गरेका हुन् । बगरकोटलाई नै निरन्तरता दिनेकी टप्वामा  मुकाम तोक्ने भनेर गाउँपालिकामा मतान्तर रहेको थियो ।

तर, आजको बैठकमा भएको मतदानले टप्वाको पक्षमा बहुमत प्राप्त भएको गाउँपालिका अध्यक्ष हेमराज चटौतले बताए । उनका अनुसार पक्षमा २१ कार्यपालिका सदस्यले मतदान गरेका थिए भने बगरकोटमै केन्द्र हुनपर्छ भन्ने पक्षमा ४ मत आएका थिए । त्यस्तै एक मत बदर भएको र एक जना अनुपस्थित रहेको उनले बताए ।

विभिन्न मतभिन्नताका कारण गाउँपालिकाले विगत ७ वर्षदेखि मुकाम तोक्न सकेको थिएन । सोही कारण विगतमा बगरकोटबाट गाउँपालिकाले कार्यसम्पादन गरिरहेको थियो ।

सम्बन्धित पाेष्टहरु
Loading...