Radio Unity 92.2MHz

डडेल्धुरामा सिँचाइको योजनामा भ्रष्टाचार गरेको भन्दै मोसो र चप्पलको माला

महर भन्छन्– चन्दा नदिँदा मोसो दलियो

डडेल्धुराः डडेल्धुरामा सिँचाइ योजनामा भ्रष्टाचार गरेको भन्दै एक जनालाई मोसो र चप्पलको माला लगाइएको छ। आलिताल गाउँपालिका–३ का जयसिंह महरलाई आइतबार दिउँसो मोहन वैद्य नेतृत्वको पार्टीका व्यक्ति भन्दै आएका युवाको समूहले उनलाई मोसो दलेको प्रहरीले जनाएको छ।

डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपककुमार कार्कीले २०७८ सालमा निर्माण भएको सिँचाइ योजनामा सचिव रहेका महरलाई वैद्य नेतृत्वको पार्टीका व्यक्ति हौँ भन्दै आएको समूहले मोसो दलेको बुझिएको बताए। डीएसपी कार्कीका अनुसार कालोमसो दल्ने काममा संलग्न व्यक्तिहरूको पहिचान भने हुन सकेको छैन।

महरलाई मोसो दलेको भिडियो समेत सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ। उक्त भिडियोमा भ्रष्टाचार गर्ने होइन, दलाली गर्ने होइन दलालहरुलाई यस्तै हुन्छ, कारवाही हुन्छ। अबदेखि यस्तो नगर्न भनिएको सुनिन्छ।

महरले मोसो दल्ने विरुद्ध प्रहरीमा उजुरी हाल्ने तयारी गरेका छन्। उक्त समूहले ३ प्रतिशत चन्दा मागेको र नदिएको कारण मोसो दलेको पीडित महरको भनाइ छ। उनले भने, ‘ममाथि पहिले पनि कुटपिट भएको भएको थियो। हात भाँचिएको छ।’

सम्बन्धित पाेष्टहरु
Loading...