Radio Unity 92.2MHz

डडेल्धुरामा बालिका बलात्कारको आरोपमा युवक पक्राउ

डडेल्धुरा : डडेल्धुरामा १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको आलिताल गाउँपालिका-५ का २० वर्षीय पुष्कर थापा पक्राउ परेका हुन्।

घटना माघ ६ गतेको भएपनि बाहिरिएको थिएन। तर, बलात्कृत बालिकाको स्वास्थ्यमा समस्या आएपछि आफन्तले आइतबार उनलाई परशुराम नगरपालिकास्थित जोगबुडा अस्पताल पुर्याएका थिए।

उपचारमा संलग्न चिकित्सकले बालिकामाथि दुष्कर्म भएको आशंका मानेपछि प्रहरीलाई खबर गरेका थिए।

त्यसपछि आफन्तबाट जाहेरी लिएर युवकलाई पक्राउ गरि घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...