Radio Unity 92.2MHz

कपिलवस्तु बस र्घटनामा मृत्यु हुने १० जनाको पहिचान खुल्यो

धनगढीः कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा मुत्यु भएका १० जनाको सनाखत भएको छ। मृत्यक मध्ये रौतहट औराही ३ का ४६ वर्षीय नारयाण बहादुर भण्डारी, सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिगे नेपाल आर्मीमा कार्यरत अर्जुन कुमार योगि र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको यस अघि नै सनाखत भइसकेको छ।

त्यस्तै भीमदत्त नगरपालिका १ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त नगरपालिका ४ का २४ वर्षीय उमेश भण्डारी,भिमदत्त नगरपालिका १६ का सन्जु थापा, पुनरवास नगरपालिका निवासी विसन भट्टको दुर्घटना स्थलमै मृत्यु भएको हो।

त्यस्तै भीमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती, भीमदत्त नगरपालिका २ बस्ने सुदिप भट्ट र पुनरवास नगरपालिका ९ बिसफाटा बस्ने विमला दवी भट्टको पहिचान खुलेको छ।

सम्बन्धित पाेष्टहरु
Loading...