Radio Unity 92.2MHz

डडेल्धुरामा दादुरा–रुबेला खोप अभियानमा ३६० स्वयंसेवक खटाईने

  • टिकाराम साउँद

डडेल्धुरा :  सरकारले आगामी फागुन दोस्रो सातादेखि देशभरि दादुरा–रूबेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । दादुरा–रूबेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सोहि अनुरुप डडेल्धुरामा पनि फागुन १३ देखि फागुन १६ गते सम्म अभियान संचालन हुन लागेको हो ।

डडेल्धुरामा पनि करिव ११ हजार ८ सय २३ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको जिल्ला स्वास्थ कार्यलय डडेल्धुराका प्रमुख केशर साउदले जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ९ महिनादेखि ५ वर्षमुनिका  सबै बालबालिकालाई दादुरा–रूबेला विरुद्धको खोप दिन लागेको हो।

साउँदका अनुसार देशभर लगाएत डडेल्धुराका सम्पुर्ण स्थानीय तहका वाडामा करिब १८० खोप सेसन सङ्ख्या बाट संचालन हुने  छ। यस अभियानमा करिब १०४ खोप लगाउने स्वास्थ्यकर्मी खटाएका छन्।जसमा  ३६० जना स्वयंसेवक रहनेछन् । ९ महिनादेखि ५ वर्षमुनिका बर्ष मुनिका सबै बालबालिकालाई उक्त खोप लगाइने छ ।

स्वास्थ कार्यालय डडेल्धुराका कन्ट्रोल भेक्टोलार हरि प्रशाद भट्ट भने, ‘त्यसैले यस वर्ष पनि डडेल्धुरा लगाएत देश भरि नै खोप अभियान सञ्चालन गर्न थालीएको हो ।

रुबेलाले हाडजोर्नीहरु सुन्निने वा दुख्ने, रक्तश्राव हुने, गर्भावस्थामा संक्रमण भए गर्भपतन हुने वा मृत शिशु जन्मिने, जन्मजात बहिरोपना, अन्धोपना हुने, मुटुमा विकृतिका समस्याहरु देखिने, मस्तिष्क पूर्णरुपले वृद्धि नहुने, सुस्त मनस्थिती हुने र कलेजो र फियोमा असर जस्ता जटिलताका कारण मृत्यु पनि हुन सक्दछ ।

सम्बन्धित पाेष्टहरु
Loading...