डडेल्धुराः प्रजातन्त्र दिवसका अवसरमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले खाद्यान्न वितरण गरेको छ। सोमबार नेविसंघले अमरगढी नगरपालिका–७ पोखरामा रहेको बेथस्दा बालगृहलाई खाद्यान्न सहयोग गरेको हो।
दिवसका अवसरमा २ कट्टा चामल, १० किलो दाल, २ कट्टा पिठो, ४ पोका तेल र दुई क्रेट अन्डा सहयोग गरेको नेविसंघ डडेल्धुराका उपाध्यक्ष तारणी पन्तले जानकारी दिए।
उनले बालबालिकालाई खानपिनमा केही सहयोग होस् भन्ने उद्देश्यले खाद्यान्न सहयोग गरिएको बताए। हाल उक्त बालगृहमा ७ जना बालबालिका रहेका छन्।